
पुर्णपुष्टि,असोज २७
पर्सामा एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका(३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

