
पूर्णपुष्टि, असोज २७
कोरोना संक्रमणबाट चितवनको चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यहि असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो ।

