
पूर्णपुष्टि, असोज २७
मोरङमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एक जना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जनाको मृत्यु भएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको केन्द्रले जनाएको छ । बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको मृत्यु भएको जनाईएको छ ।
वृद्धमा गत शनिबार कोरोना पुष्टि भएको थियो । वृद्धमा दमको पुरानै समस्या रहेको थियो
त्यस्तै बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान ८ः१० बजेतिर मृत्यु भएको जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।
विराटनगरका पुरुषको मंगलबार विहान सोढ ११ः२० मा मृत्यु भएको अस्पतालले जनाएको । उनलाई २१ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको जनाईएको छ । मृतकमा मिर्गौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

