Sunday, June 14News That Matters

सरकार र व्यवसायीबिच जारको मूल्य नबढाउने सहमति

पूर्णपुष्टि, असोज २७

सरकार र व्यवसायीबिच तत्काल जारका पानीको मूल्य नबढाउने सहमति भएको छ ।
आफूखुशी पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेर बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति गरेको हो ।

व्यवसायीले बढाएको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको विभागले जनाएको छ ।

यसअघि नेपाल बोटल वाटर उद्योग सङ्घले असोज १८ गतेदेखि जारको पानीको मूल्य बढाउने निर्णय गरेको थियो ।