Sunday, May 17News That Matters

पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

पूर्णपुष्टि, भदौ १६

पर्सामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० का ५३ वर्षीय पुरुषको नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

उपचारका लागि गत साउन ३१ गते अस्पताल भर्ना भएका उनको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा टाइप टु मधुमेह र मिर्गौलासम्बन्धी रोग रहेको थियो ।

वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।