
पूर्णपुष्टि, भदौ ६
पर्सामा कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
सुगौली विर्ताका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गतराति मृत्यु भएको जनाईएको छ ।
ती पुरुष गत भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा हिजो रिपोर्ट पोजेटिभ आएको थियो । कुनै पनि ट्राभल हिस्ट्री नभएका उनीमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।
त्यस्तै गत भदौ ४ गते उपचारका लागि अस्पताल भर्ना भएका बहुअरीका पुरुषको बिहान सवा ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
