Friday, May 22News That Matters

मोरङका चार पालिकामा निषेधाज्ञा

पूर्णपुष्टि, भदौ ६

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाको चार वटा पालिकामा  निषेधाज्ञा जारी गरेको छ । विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा पाँच दिने निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मानवीय गतिविधि कम गर्न निषेधाज्ञा जारी गरेको जनाएको छ ।

हिजो मध्यरातिदेखि भदौ १० गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।