
पूर्णपुष्टि, भदौ ६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षा गाडमा कोरोना संक्रमण पुष्टि भएको छ ।
३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको निजी सचिवालयले जनाएको छ ।
नेता नेपाल र उहाँको परिवारका अरु सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । अस्ति बिहीबार नेता नेपाल, उनको परिवार, उहाँको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो ।
सङ्क्रमण देखिएका सबैलाई गतराति नै आइसोलेशनमा पठाइसकिएको जनाएको छ ।
