
पूर्णपुष्टि, भदौ ६
उदयपुरको रौतामाईमा पाहुना गएका मगरसहित दुई जना खुकुरी प्रहारबाट घाईते भएका छन् । रौतामाई गाउँपालिका–७ पाखा टोलमा पाहुना गएका जुद्ध काजी खपाङ्गी मगर र गंगबहादुर परियार घाईते भएका हुन् ।
गतराती करिब साढे १० बजे खम्ब भन्ने नविन परियारले खुकुरी प्रहार गरी बुवा र पाहुना त्रियुगा नगरपालिका–१५ कुभिण्डेका ५५ वर्षीय मगरलाई घाईते बनाएको प्रहरीले जनाएको छ ।
नविनले खुकुरी प्रहार गर्दा बाबुको टाउको, घाँटीमा चोट लागेको छ भने पाहुना मगरको गद्र्धनमा चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका दुवै जनालाई विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बाबु र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
