
पूर्णपुष्टि, भदौ ६
विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।
विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरै मानिस संक्रमित भएका छन् । उक्त सङ्क्रमितमध्ये १ करोड ५७ लाख २२ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएको जनाईएको छ ।
कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुदा एक लाख ७९ हजार २ सय जनाको मृत्यु भएको जनाईएको छ ।
त्यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणबाटा ५५ हजार ९ सय भन्दा बढी मानिसको मृत्यु भएको जनाईएको छ ।
