
पूर्णपुष्टि, भदौ ६
सिराहामा तीन दिनअघि मृत्यु भएका एक बृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मृत्यु भएका मिर्चैया नगरपालिका–४ का ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको गत मंगलबार गाउँमै स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको बिहीबार मृत्यु भएको जनाईएको छ ।
