Thursday, June 25News That Matters

पर्सामा धान झार्ने थ्रेसर पल्टिएर बालकलाई किच्दा बालकको मृत्यु

पूर्णुष्टि, मंसिर ५ पर्साको जनथपुर नगरपालिका–६ मा धान झार्ने थ्रेसर पल्टिएर किच्दा ८ वर्षीय बालकको मृत्यु भएको छ । सोहि स्थान बस्ने भुटेश्वर साहको छोरा ओमबाबु साहको मृत्यु भएको हो । हिजो राती साढेँ ८ बजे ना६त ५०४५ नंम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाने क्रममा अचानक थ्रेसर पल्टिएर बालकलाई किचेको थियो ।

गम्भिर घाईते भएको बालकलाई तराईको अस्पतालमा उपचारको लागी पुर्याएको थियो । उपचारको क्रममा राति साँढे ९ बजे अस्पतालले बालकलाई मृत घोषित गरेको थियो । बालकको शवको पोष्टमार्टम गर्न नारायणि अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताएका छन् । थे्रसर र ट््याकटर प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याकटर चालक फरार रहेकोले खोजतलास जारी रहेको खनालले बताएका छन् ।