
पूर्णपुष्टि, जेठ ८ । पशुपतीनाथ मन्दिरमा चढाईएको भेटी पैसा गन्ने क्रममा चोरी गर्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ । परियार पशुपतिमा बाजा बजोउने कर्मचारी हुन् । कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको परियारले बयान दिएको प्रवक्ता अधिकारीले बताए ।