Sunday, June 28News That Matters

पहाडी क्षेत्रमा आज चट्याङसहित वर्षा हुने सम्भावना

पूर्णपुष्टि,चैत ८

आज पहाडी भू–भागहरुमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदली भएको हो ।

आज देशका केही पहाडी भू–भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ । राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरी आउने सम्भावना रहेकोले थप सर्तकता अप्नाउन महाशाखाले आग्रह गरेको छ ।