Sunday, June 28News That Matters

केपी ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल

पूर्णपुष्टि,चैत ८

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ । विधान उलंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ नेकपा एकालेका नेता रावलले बताउनुभयो ।

ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो ।

आजको ट्वीटमार्फत् रावलले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध भएको बताउनुभएको छ । उहाँले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद रहेको उल्लेख गर्नुभएको छ । ‘त्यस्तो निर्णयलाई म पूर्णरुपमा अस्वीकार गर्दछु,’ उहाँले भन्नुभयो । उहाँले बरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ ।