
पूर्णपुष्टि, चैत ८
पहिरो खसेपछि रसुवागढी नाका जोड्ने सडक ठप्प भएको छ । धुन्चे–स्याफ्रु सडकखण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै गतराति पहिरो गएको हो ।
पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोका कारण ठूलाठूला ढुङ्गा खसेकाले हटाउन समय लाग्ने भएको प्रहरीले जनाएको छ । अहिले दुई वटा स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने काम भइरहेको छ ।
सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।
