Sunday, May 17News That Matters

पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, फागुन १५

आज दिउँसो पहाडी क्षेत्रका केहि ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका केहि ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । यस्तै तराईका थोरै ठाउँहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।