
पूर्णपुष्टि, चैत ५
आज पहाडी भेगका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । दिउँसो पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली हुने र तराईका क्षेत्रमा आंशिक बद्ली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । अबको केही दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।
