पूर्णपुष्टि, ३० मंसिर ।
प्रदेश नं १ मा चलिरहेको पहिचानवादीको आन्दोलनलाई असफल बनाउन सरकार र नेकपा एमाले लागि परेको भन्दै देशभक्त समाजवादी मोर्चाले खेद प्रकट गरेको छ । लोकतन्त्रपछि संघियतामा गएको देशमा अधिकारको लडाँई गरिरहेका पहिचानवादी नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रति मोर्चाले खेद प्रकट गर्दै तत्काल रिहाईको माग समेत गरेको छ । पहिचानवादीहरुले प्रदेश नं १ मा पहिचानकै आधारमा प्रदेशको नामाकरण गर्नु पर्ने माग राखिरहेको बेला सांसदबाट जवरजस्ती कोशी नामाकरण गरिएपछि आन्दोलन चलिरहेको छ ।
पहिचानको आधारमा माग राखिरहेको अवस्थामै एमाले नेतृत्व सरकारले जवरजस्ती प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु यतिवेला आन्दोलित बन्न पुगेको छ । एमालेले यहि आन्दोलनकाबीच प्रदेश नं १ मा आएर कार्यक्रमहरु गर्नु र कोशी नाम अडान राख्नु भनेको आन्दोलन भड्काउने रणनिति हो, बिज्ञाप्तीमा भनिएको छ । प्रदेश नं १ मा चलिरहेको पहिचानको आन्दोलन साँचो अर्थमा संघियताका कार्यन्वयनका आन्दोलन रहेको कुराप्रति सम्पूर्णको ध्यानाकर्षण गराउँदछौ, यसै सन्दर्भमा प्रदेश नं १ को सबैभन्दा ठुलो दलको हैसियतले आन्दोलनका मागहरुलाई सम्बोधन गर्ने र संवाद मार्फत समधान गर्नुका साटो नेकपा एमाललेले कोशी प्रदेश नै कायम हुनुपर्ने अडान राखेर पहिचानको आन्दोलन बिरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएको छ । यसै बिचमा पहिचानवादीको आन्दोलन भड्काउने एमाले पाटीको बिरोध गर्दा पूर्वमन्त्री समेत रहेका गोपाल किराती सहित अन्य नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरी लोकतन्त्रको उपहास गरेको छ । एमालेका गैरजिम्मेवारी अभिव्यक्ति र सरकारको लोकतन्त्रको मुल्यमान्यता बिपरिदतको यो कार्य प्रति हाम्रो गम्भिर ध्यानाकर्षण छ । र तत्काल पक्राउ परेका सम्पूर्ण आन्दोलनकारीहरुलाई यथासिघ्र बिनासर्त रिहाईको माग गर्दछौँ । बिज्ञाप्तीमा लेखिएको छ ।