Sunday, May 31News That Matters

पहिचानवादी नेता गोपाल किराती हलेसीबाट गिरफ्तार

पूर्णपुष्टि, २६ मंसिर ।
पहिचानवादी नेता गोपाल किरातीलाई प्रहरीले गिरफ्तार गरेको छ । खोटाङको ऐसेलुखर्कबाट नेता राईलाई गिरफ्तार गरिएको हो । पहिचान पक्षधरले कोशी प्रदेशको बिरुद्धमा निरन्तर आन्दोलन गरिरहेको अवस्थामा छ । सोही आन्दोलनमा राई पनि सक्रिया भएर लागि परिरहेको छ । राई सहित राजेश राई, गन्धमान राई र बिजय राई पनि पक्राउ परेको छ । राजेश राई भने पहिचानवादी युवा संघको संयोजक समेत रहेको बताईएको छ । पहिचान पक्षधरले किरात प्रदेशको माग सहित केहि दिन देखी खोटाङमा पर्ने मध्यपहाडी लोक मार्गलाई तार्गेट बनाएर आन्दोलन गरिरहेको छ । आजदेखी मध्यपहाडी लोक मार्ग बन्द सँगै हिजो हलेसीमा राके जुलुस समेत गरेका थिए । नेता किराती पक्राउ परे सँगै पहिचानवादी नेता तथा कार्यकर्ताहरु आक्रोशित बनेको छ । उनिहरुले राईलाई बिना शर्त रिहाई गर्न सरकारलाई अनुरोध गरेको छ ।