
पूर्णपुष्टि, चैत ६
सन् २०२१ को वसन्त ऋतुमा हुने आरोहणका लागि सगरमाथा आधार शिविरमा सरकारले दुई जना डाक्टर पठाउने भएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई जना डाक्टरलाई आधार शिविरमा पठाउने गरी पर्यटन विभागमा खटाएको जनाएको छ ।
सरकारले खटाएका दुई जना र अर्का एक जना गरेर तीन जना डाक्टरलाई पर्यटन विभागले आउँदो शनिवार आधार शिविरतर्फ पठाउने जनाएको छ । डाक्टरहरूले जेठको १५ गतेसम्म सगरमाथाको आधार शिविरमै रहेर सेवा दिनेछन् ।
सगरमाथा आरोहणमा जानेहरूबाट सरकारले महँगो रोयल्टी लिने भए पनि आधार शिविरमा पर्याप्त स्वास्थ्य सेवा नभएको भन्दै गुनासो आउने गरेको थियो ।
