Sunday, June 28News That Matters

उदयपुरमा बोल्न नसक्ने महिला करणी कसुरमा जन्मकैद

पूर्णपुष्टि,चैत ६

उदयपुरमा बोल्न नसक्ने महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा ४३ बर्षीय एक युवकलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले २० बर्षीया युवतीलाई करणी गरेको कसुर ठहर गर्दै त्रियुगा नगरपालिका–१२ का सुर्यबहादुर विकलाई जन्मकैदको फैसला सुनाएको हो ।

कसुरदारबाट असुल गर्ने गरी पीडितलाई क्षतिपुर्तिवापत २५ हजार र सरकारले सञ्चालन गरेको पीडित राहत कोषमा दुई हजार रुपैँया जम्मा गर्नसमेत आदेश दिइएको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो ।

विकले २०७७  भदौ ३० गते बोल्न नसक्ने अशक्त महिलालाई करणी गरेको भन्दै पीडित पंक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले असोज २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार कार्कीले बताउनुभयो ।