Sunday, June 28News That Matters

लागुऔषधसहित ६ जना पक्राउ

झापा, चैत्र ६ 

झापाको छुट्टा छुट्टै तिन ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

बिहिवार साँझ साँढे ५ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको हो ।

त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ बाट बिहिवार साँझ ७ बजे मेचीनगर नगरपालिका–१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४  बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका–१० का १९ बर्षीय श्रवण मुखियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।