Wednesday, June 3News That Matters

पाँचथरमा एक पुरुषको शव फेला

पूर्णपुष्टि, चैत २ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित भिरफेदी जंगलमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । औँसा र किरा परेको अवस्थामा करिब ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
सेतो र नीलो रङको हाफ भेष्ट र कालो जिन्स पेन्ट लागाएको अवस्थामा शव भेटिएको हो । कपाल र दारी पालेको र अगाडीको दुई ओटा दाँत नभएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए । ‘शवको पहिचान र घटनाको विषयमा अनुसन्धान भइरहेको बिश्वकर्माले बताए ।