Thursday, July 2News That Matters

पाकिस्तानबाट आएका ११ जनाको शव फेला

पूर्णपुष्टि, साउन २६

भारतको राजस्थानमा पाकिस्तानबाट आएका एकै परिवारका ११ जनाको शव फेला परेको छ । उनीहरुको शव जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानबाट आएकामध्ये १ जना जिवितै भेटिएका छन् । घटनास्थलमा किटनाशक औषधि भेटिएकाले मृत्यु हुनेको कारण पारिवारिक झगडा हुन सक्ने अनुमान गरिएको संचारमाध्यमहरुले जनाएका छन् ।

घटनाको अनुसन्धान प्रहरीले थालेको छ । मरिब ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिवासी भील समुदायका व्यक्तिहरु भएको जनाईएको छ ।

परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए । मृत्युको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ ।