Thursday, July 2News That Matters

भारतबाट फेरी सलह आउने सम्भावना हट्यो

पूर्णपुष्टि, साउन २६

भारतबाट पुन सहलको झुण्ड नेपाल आउने सम्भावना टरेको छ । नेपाल छिरेका धेरै सलह मौसम अनुकूल नभएपछि मरिसकेको र थोरै मात्रै सक्रिय भएकाले अरु धेरै क्षति नगर्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केह दिनअघि घाम लाग्दा म्याग्दी, पाल्पा र गुल्मीका केही ठाउँमा सक्रिय सलह कीराले थोरै क्षेत्रमा क्षति गरेको केन्द्रले जनाएको छ  ।

थोरैको संख्यामा भएका सलह देखिएमा टिन, थाल ठटाउनुका साथै ध्वनी निकालेर भगाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

केहि कीरा देख्ने बित्तिकै सखापै पार्यो भन्दै सामाजिक सञ्जालमा अनावश्यक हल्ला नफैलाउँन केन्द्रले आग्रह गरेको छ ।