
पूर्णपुष्टि, कात्तिक १७
नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
बेल्जियमका लागि राजभण्डारी, पाकिस्तानका लागि अधिकारी र जर्मनीका लागि खड्का नेपाली राजदूत नियुक्त भएका हुन् ।
यसअघि मन्त्रिपरिषदको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले कात्तिक ६ मा उनीहरुलाई राजदूत नियुक्त गरेकी थिइन् ।
