Sunday, May 17News That Matters

चीन जान पीसीआर र एन्टीबडी टेस्टको रिपोर्ट नेगेटिभ अनिवार्य

पूर्णपुष्टि, कात्तिक १७

काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ ।
आगामी नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत चिन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको र सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नु पर्ने भएको हो ।

पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो । नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ ।
जहाज चढनु भन्दा ४८ घन्टा अगाडि सम्बन्धित देशमा रहेको चिनियाँ राजदुतावासले तोकेको सेन्टरबाट सो रिपोर्ट प्राप्त गर्नुपर्ने नियम लागु गरिएको संचारमाध्यले जनाएको छ ।

यी दुई सर्टिफिकेट प्राप्त गरेपछि स्वास्थ्य सम्बन्धी लोगोको लागि दुतावासमा निवदेन दिनुपर्छ । विशेषत रसियालाई लक्षित गरेर बनाइएको सो नियम अमेरिका, बेलायत, फ्रान्स, इटली र पोल्याण्डमा रहेका चिनियाँ दुतावासले सो प्रक्रिया कार्यान्वयन गरेको जनाईएको छ ।