
पूर्णपुष्टि,कार्तिक १७
बाँकेमा ३ दिनमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई ठूला अस्पतालमा उपचाररत्त ८ संक्रमितको शनिबारदेखि सोमबारसम्म मृत्यु भएको थियो । मृत्यु हुनेमा बाँकेका ४, दाङका ३ र कैलालीका एक जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुष र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।
आइतबार मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पतालमा, भेरीमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिलाको, कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षका पुरुषको भेरीमै र खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको पनि मृत्यु भएको थियो ।
सोमबार थप एक जनाको मृत्यु हुदा बाँकेमा मात्रै तीन दिन भित्र ८ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य ६७ वर्षीया शान्तिदेवी परियार रहेकी छिन् । ३ असोजमा कोरोना संक्रमण भएकी उनलाई स्वासप्रस्वास सम्बन्धी समस्या थियो ।

