
पूर्णपुष्टि, फागुन १८ । पाचौँ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन ब्वाईज काठमाण्डौँले जितेको छ । शनिबार भएको फाईनल खेलमा शलहेस युवा क्लब सिरहलाई १ गोलको विरुद्ध २ गोल गर्दै काठमाण्डौँले उपाधि चुमेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलको दुबै टिमले दोस्रो हाफमा जर्सि नं. ५ का कुलदिप कार्कीले गोल गर्दै सिरहालाई आग्रता दिलाएका थिए । तर, उक्त आग्रता जोगाउन नसक्दा सिरहा उपाधि गुमाउन पुग्यो । जर्सी नं. २ का सन्तोष न्यौपानेले काठमाण्डौँका लागी पहिलो गोल गर्दै खेल बराबरमा ल्याए भने जर्सी नं. ८ का हेमन लिम्बुले काठमाण्डौँको लागीे दोस्रो गोल गरे ।
यस खेलको म्यान अफ द म्याच काठमाण्डौँका जर्सी नं. ८ का हेमन लिम्बु बने । उनले नगद रु. ३ हजारका साथमा ट्रफी , मेडल र प्रमाण प्राप्त गरे । उपाधि विजेता काठमाण्डौँले नगद रु. ३ लाख सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरेका छ भने उपविजेता सिरहाले नगद रु. १ लाख ५१ हजारका सहित ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
विजेता र उपविजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार राई लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा विभिन्न विधागत तर्फका पुरस्कार समेत वितरण गरिएको थियो । फागुन १० गतेदेखि जारी प्रतियोगितामा अन्तर्राष्ट्रि टिम सामत्से फुटबल क्लव भुटान सहित आठ टिमको सहभागिता रहेको थियो ।