
पूर्णपुष्टि, फागुन ६ । उदयपुरको कटारी नगरपालिकामा पाँचौं संस्करणको मेयर गोल्डकप फुटबल प्रतियोगिता यहि फागुन १० देखि १७ गतेसम्म हुने भएको छ ।
कटारी नगरपलिकाको अयोजनामा हुने गोल्डकप प्रतियोगितामा भुटान लगायत नेपालका विभिन्न क्षेत्रका ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । नगर प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार प्रतियोगितामा भुटानको समटिसे एफसी क्लबसहित कटारी ११, एनएसएफसी धरान, च्याम्पियन ब्वाइज काठमाडौं, एनजे क्लब सिन्धुली, बिरगंज युनाइटेड, बागमती एफसी सर्लाही र श्लेष युथ क्लब सिरहाको सहभागिता रहनेछ ।
सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेल आयोजक कटारी ११ र एनएसएफसी धरान बीच हुनेछ । समारोहको उद्घाटन मेयर श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रीय फुटबलको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।