
बैशाख ११
कोरोना महामारी तिब्र रुपले बढ्न थालेपछि ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ । आगामी बैशाख मसान्तसम्म मन्दिर बन्द हुने भएको हो ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको जनाइएको छ ।
गत वैशाख ७ गते नै भएको र आजदेखि कडाइका साथ लागू गरिने प्रशासनले जनाएको छ ।
