
बैशाख ११
भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ ।
भारत–चीन सीमा क्षेत्र नजिक चमोली जिल्लामा रहेको हिमताल फुटेको उत्तराखण्ड सरकारलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
हिमतल फुटेको ठाउँकाबारेमा जानकारी संकलन गर्ने काम भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । खराब मौसमका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना लिन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
आधिकारिक पुष्टि नभएसम्मका लागि धैर्य राख्न र अफवाहको पछि नलाग्न प्रहरीले आग्रह गरेको छ । यस क्षेत्रमा आवादी कम भएकाले क्षति कम हुने आकलन गरिएको छ ।
यसअघि गत फागुनमा उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीमा परेर ५० जनाको ज्यान गएको थियो ।
