
पूर्णपुष्टि, बैशाख ११
माछा मार्ने क्रममा उदयपुरमा एक जनाको खोलामा डुवेर ज्यान गएको छ ।
उदयपुरगढी गाउँपालिका स्थित वलान खोलामा माछा मार्ने क्रममा शुक्रबार खोलामा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ ।
पालिकाको वढा नं ७ का ४२ बर्षका हेम बहादुर बुर्जा माउले भन्ने व्यक्ति हिजो दिउँसो डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी गराउनुभयो ।
गौतमका अनुसार निकै गहिरो पानीमा डुवेको र पानी भित्र केहि वस्तुमा अड्किएको कारण हिजो ला*श निकाल्न नसकेको बताउनुभयो । हिजो प्रयास गर्दा पनि समस्या भएको र आज नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले लाश निकाल्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
