Monday, July 6News That Matters

पानीमा डुबेर एक महिलाको मृत्यु

पूर्णपुष्टि,चैत १२

मोरङमा पानीमा डुबेर एक महिलाको हिजो मृत्यु भएको छ । असुन्दरहरैचा नगरपालिका–११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको हो ।

बुधवार दिँउसो बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि घटना स्थलमा पुगेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।