Monday, July 6News That Matters

पानी जमेको खाल्डोमा डुवेर एक महिलाको मृत्यु

पूर्णपुष्टि, बैशाख २९

मोरङ रंगेली ५ आँपगाछीमा पानी जमेको खाल्डोमा डुवेर एक महिलाको मृत्यु भएको छ । रमेश मण्डलको धान खेतमा बोडिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिला मृत अबस्थामा फेला परेको हो । मंगलबार बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोलीले बुझ्दा सोही स्थान बस्ने ५५ बर्षीय पारु देवी रिसिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।