Monday, June 22News That Matters

पानी परेपछि मौसम खुल्यो

पूर्णपुष्टि, चैत २८ 

हावाहुरीसहित पानी परेपछि आज देशका धेरै ठाउँको मौसम खुलेको छ ।

हिजो राति देशका धेरै ठाउँहरुमा हावाहुरीसहित पानी परेको थियो । अस्तिदेखि नै परेको पानीले मौसममा बिस्तारै सुधार हुँदै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र देशको पहाडी भाग बाहेकका ठाउँहरुमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले आज पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा फाट्टफुट्ट पानी पर्न सक्ने जनाएको छ ।

हिजो गण्डकी, वाग्मती र प्रदेश–१ मा पानी परेको थियो । अहिले न्यूनचापीय मौसमी प्रणाली कमजोर बन्दै गएको र स्थानीय वायुको प्रभाव रहेकाले ठूलो पानी पर्ने सम्भावना भने कम रहेको जनाएको छ ।