Tuesday, April 21News That Matters

पारा खेलकुदको बिजेताहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण

पूर्णपुष्टि, २० जेष्ठ ।
गणतन्त्र दिवसको अवसर पारी आयोजना गरिएको पारा खेलकुदका प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरस्कार प्रदान गरिएको छ । त्रियुगा नगरपालिकाको सामाजिक विकास शाखाको आयोजनामा जेष्ठ १५ गते बिहिबारका दिन अपाङ्गता भएका व्यक्तिहरुका लागि पारा खेलकुद अन्तर्गतका खेलहरु लुँडो, वल पास र म्युजिकल चियर जस्ता खेल खेलाईएको थियो । उक्त खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई नगद पुरस्कार, सम्मान पत्र र मेडलल प्रदान गरिएको हो । त्रियुगा नगर प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, सामाजिक बिकाश शाखाका प्रमुख राज कुमार खड्का लगायतको उपस्थितिमा पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको हो । आउँदो समयमा यति मात्रै खेलहरुलाई सिमित नबनाई थप खेलहरु पनि सहभागी गराईने जनाईएको छ ।