Monday, June 22News That Matters

पार्टीमा एकताको सम्भावना क्षीण बन्दै : नेता नेपाल

बैशाख १० 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण बन्दै गएको बताउनुभएको छ ।

धनुषामा एमालेको खनाल–नेपाल पक्षको जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै दम्भका कारण एकता क्षीण बन्दै गएकोे आरोप समेत लगाउनु भएको छ ।

पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र सङ्कट निम्त्याउनमा पार्टी अध्यक्ष जिम्मेवार रहेको उहाँको आरोप छ । आफुले समाधानको बाटो अपनाउन आग्रह गरेको भएपनि अध्यक्ष ओलीले एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको नेता नेपालले बताउनुभयो ।

२७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण पनि औचित्यहीन रहेको उहाँले बताउनुभयो । कुनै व्यक्ति विशेषको मुख हेरेर नभइ लोकतन्त्र र संविधानको मर्म तथा नागरिकको हित हेरेर आन्दोलनमा रहेको नेता नेपालले बताउनुभयो ।

पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने र आफूले त्यही प्रस्ताव गर्दा अध्यक्ष ओलीले इन्कार गर्नुभएको बताउनुभयो ।