
बैशाख १०
नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ ।
आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने जनाएको छ ।
त्यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको जनाईएको छ । ६ गतेको बैठकले खनाल–नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ ।
आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल–नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराईसकेको छ ।
