
पूर्णपुष्टि,वैशाख १०
मामाको घरमा बस्दै आएका १२ वर्षीय एक बालक आज बिहान झुण्डिएको अवस्थामा फेला परेको छ । दाङ दंगिशरण गाउँपालिका–२ घर भई विगत पाँच वर्षदेखि तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थित मामाको घरमा बस्दै आएका विपिन चौधरी झुण्डिएको अवस्थामा फेला परेको हो ।
मामाको घर नजिकै बाख्राको लागि घाँस टंगाउन बनाइएको बलोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बालक फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटनाबारे प्रहरीलाई आज बिहान ६ बजे खबर प्राप्त भएको र त्यसपछि इप्रकाबाट प्रहरी घटना स्थल पुगेका थिए । घटनास्थल पुगेका प्रहरीकाअनुसार विपिन विगत पाँच वर्षदेखि मामाको घरमा बस्दै आएका थिए।, उनी स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका थिए ।
बिहान ६ बजे नै झुण्डिएको अवस्थामा फेला परेको हुँदा उनको मृत्यु राति नै भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
घटनाबारे थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
