Saturday, June 6News That Matters

पाल्पामा डेँगु भेटियो

भदौ २ गते ।

पाल्पामा पनि डेँगुको विरामी फेला परेको छ । गत साउन महिनामा २ जना डेंगुको बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट डेँगु लाग्ने गर्छ । गत वर्षकोमा पनि जिल्लामा डेंगुका सात जना बिरामी भेटिएका थिए ।

यस रोग लाग्दा अत्यधिक ज्वरो आउने, नाथ्री फुटेर रगत बग्ने लगायतका लक्षण देखा पर्छ । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनु पदर्छ ।