
पूर्णपुष्टि, भदौ ११
सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने पछाडी सवार घाईते भएका छन् ।
मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २ (०३(००१ च ३००७ नम्बरको पिकअप ले बिपरित दिशाबाट आउदै गरेको प्र २ (०१(००२ प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक राम नाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा हिजो दिउसो साढे १२ बजे मृत्यु भएको थियो भने पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ बर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ बर्षीय अंश कुमार साह प्रहरीको नियन्त्रणमा रहेको छ ।
