
झापा, जेठ २६ गते ।
झापाको दमकमा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले ठक्कर दिदा पैदल हिडिरहेका दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको हो ।
पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको छ । आज पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले स्थानीय ७८ वर्षीय अधिकारीलाई दिउँसो पौने ४ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
