पिकनिक गएको बसले ठक्कर दिँदा २ जनाको मृत्यु

पूर्णपुष्टि, पुष १
झापामा पिकनिक गएको बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कनकाई नगरपालिका–७ दुर्गापुरमा पिकनिक गएर फर्किने क्रममा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
इलामको कन्यामबाट सुनसरीको इटहरीतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे इलाम रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु पश्चिमबाट पूर्वतर्फ मे ७ प २८४६ नम्बरको मोटरसाइकलमा सवार थिए ।
तीव्र गतिको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीहरुको भनाई रहेको छ ।
प्रहरीले बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ बस्ने सरोज ढकाललाई नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: