Tuesday, May 5News That Matters

पुजारी मृत अवस्थामा फेला

सुनसरी, साउन ३० गते ।

सुनसरीको एक शिव मन्दिरका पुजारी मृत अवस्थामा फेला परेको छ । दुहवी नगरपालिका –१ साहु टोलका शिव मन्दिरको पुजारी मृत अवस्थामा फेला परेको हो ।

विहन करिब पौने ८ बजे मन्दिर परिसरमा पुजारी दुनपा– ५ निबासी ६० वर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।