Tuesday, May 5News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

झापा, साउन ३० गते ।

झापाको मेचिनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका – ९ मागुरवाडी निबासी ६० वर्षीय गंगा थपलिया हात्तिलाई थापेको विजुलीको नाङ्गोबाट करेन्ट लागेर मृत्यु भएको हो ।

विहान करिब ७ बजे घर पछिाडी हात्तिबाट जोगिन जोडेको विजुलीको नाङ्गो तारबाट करेन्ट लागेर थपलियाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।