
ओखलढुङगा, साउन ३० गते ।
ओखलढुङगाको दुधकोशीमा पौडी खेल्ने क्रममा नदिले बगाएर एक जना बेपत्ता भएको छ । चिसंखुगढी गाउँपालिका – १ कुईभिर सिलउरी घाटमा पौडी खेल्दा नदिले बगाएर बेपत्ता भएको हो ।
नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौबाट आयुवेर्दिक औषधी बिक्री बितरणको लागि आएका डोटी जिल्लाको चौकी गाउँपालिका –७ निबासी २० बर्षीय चन्द्रबहादुर खड्का र झपेन्द्र नेपाली नदिमा पौडी खेल्ने क्रममा खड्का बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी प्रहरी टोली पुगी स्थानियको सहयोगमा बेपत्ता खड्खाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
