Monday, May 11News That Matters

पूर्णपुष्टि/हेडलाइन हाइलाइट्स | 2077-03-07

— # —

विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर आएको ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता पाउने प्रस्ताव पारित । ७ वर्ष देशभित्र बसेको प्रमाणित भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि मात्र सम्बन्धित महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था छ ।

— # —

कुबेतबाट फर्किएर क्वारेन्टाईनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

— # —

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ ।

— # —

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि । बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

— # —

आज नेपालमा थप ४ सय २१  जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।

— # —

भारतमा एकै दिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि । पछिल्लो २४ घण्टामा १५ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

— # —

विश्वको विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कारोना भाईरसको संक्रमणबाट मृत्यु । गत ९ हप्तामा विभिन्न देशमा रहेका १ सय ३० नेपालीको कोरोनाबाट मृत्यु भएको हो ।

— # —

महोत्तरीबाट लागुऔषध अफिम सहित तीन जना पक्राउ । बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

— # —

नमुना सामुदायिक विद्यालय, त्रियुगा नमुना उच्च माध्यमकि विद्यालय, गाईघाट प्रविधिमा पनि अब्बल दर्जाको बन्दै । समयानुकुल प्रविधिमैत्री सो विद्यालयले पठनपाठन पनि प्रविधियुक्त बनाउदै लगेको हो ।

— # —

भोजपुरको रामप्रसाद राई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराती बस्नु भयाे । राजधानी काठमाण्डौँबाट भोजपुर आएका किराती गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नु भएको हो ।

— # —

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन शुरु गरेरपछि अहिलेसम्म नेपालगञ्जको जमुनाह नाका हुँदै साढे ५७ हजार नेपालीहरू स्वदेश फर्किए । गत चैत ११ गतेदेखि सरकारले लकडालउन गरेको थियो । 

— # —

सरकारले गत जेठ ३० गतेदेखि जोर र विजोर नम्बरका सवारी चलाउन पाईने नियम लागु । यो नियम लागू भएपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट हिजोसम्ममा नियम उलङ्घन गर्ने १४ हजार ५ सय ४३ सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

— # —

रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाहको ३ वटा गाडी बाढीले बगायो । कामदार बस्ने अस्थायी भवनमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

— # —

मोरङ बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु । आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

— # —

नागरिकहरुको सेवा सहयोग र नागरिकहरुकै पक्षमा बोल्ने पुस्तकालयहरुमा लगानी गर्न सामुदायीक पुस्तकालयहरुले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । 

— # —

डोटीको आदर्श गाउँपालिका– ७ नवाघरकी २६ वर्षीया तुलसी थापाको करेन्ट लागेर मृत्यु भएको छ ।

— # —

यूएईको आबुधाबी र कतारको दोहाबाट ३ सय नेपालीहरु काठमाण्डौ आइपुगे । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको चार्टर्ड जहाज काठमाण्डौ आईपुगेको हो ।

— # —

गुल्मीमा पहिरोले जीप पुरिंदा घाइते भएका चालकको मृत्यु । धुर्कोट गाउँपालिका–३ का जीप चालक प्रदिप पुनको सन्धिखर्क अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो ।

— # —

आज आषाढ कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्याे । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गरेको छ ।