Saturday, June 27News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-29

नेपालमा आज थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।

-*-

विश्वमा एकै दिन २ लाख ३० हजार ३ सय ७० जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

-*-

१ न. प्रदेशबाट एकै दिन ३३ जना कोरोना मुक्त । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार डिस्चार्ज भएका हुन् ।

-*-

दाङका ४० जनामा सिकलसेल पोजेटिभ । दङ्गीशरण गाउँपालिकाका दुई वटा वडाका ४० जनामा सिकलसेल पोेजिटिभ देखिएको हो ।

-*-

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विद्यालयहरू बन्द हुँदा विश्वमा करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ ।

-*-

दार्चुलाको अपि हिमालको काखमा क्रिकेट खेल मैदान । खण्डेश्वरी गाउँपालिकामा रहेको अपि हिमालको काखमा क्रिकेट खेल्नका लागि मैदान बनाइएको हो ।

-*-

नेपाल–भारत सिमामा भारतले निर्माण गरेको सडक, बाँध र तटबन्ध तत्काल हटाउन पहल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।

-*-

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एकीकृत बस्ती निर्माण सम्बन्धी गुरुयोजना बनाउन र त्यसका लागि कानुन बनाउन निर्देशन । एकीकृत वस्ती निर्माणको विषयमा लामो समयदेखि कुरा हुँदै आए पनि यसलाई अगाडि बढाउने योजना सम्बद्ध निकाय वा सरकारबाट नआएको भन्दै समितिले स्पष्ट गुरुयोजना ल्याउन निर्देशन दिएको हो ।

-*-

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरो र डुबानबाट पीडित वा प्रभावितलाई दिइने क्षतिपूर्ति वा राहत रकम वृद्धि गर्न सरकारलाई निर्देशन । क्षतिपूर्तिमा आवश्यक पुनरावलोकन गरी गम्भीरताका आधारमा राहत रकममा वृद्धि गर्ने समितिले निर्देशन दिएको हो ।

-*-

गृह मन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपले वर्षेनी नेपाल डुबानमा पर्ने गरेको बताउनुभएको छ । भारतको हस्तक्षेपका कारण वर्षाैँदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो ।

-*-

असारमा मात्रे करिब ९६ अर्व राजस्व संकलन । करिब ३ महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकै पटक तिरेपछि करिब ९६ अर्व ५ करोड राजस्व संकलन भएको हो ।

-*-

वर्षायाम सुरुभएको पछिल्लो एक महिनामा बाढी, पहिरो र डुवानबाट ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् ।

-*-

काठमाण्डौँमा मयूर यातायातले यात्रु सेवा सुरु । सरकारले तोकेको मापदण्ड अनुसार सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

-*-

आज आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्मजयन्ती । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।

-*-

तनहुमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगे । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा ४ जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा १ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

-*-

भारतबाट फेरी सलह किरा नेपाल प्रवेश । हिजो बेलुका सलहको अर्को झुण्ड नेपाल प्रवेश गरेपनि धेरै नोक्सानी नगर्ने विज्ञहरुले बताएका छन् ।

-*-

झापामा खोलाले बगाएर एक जनाको मृत्यु । कचनकवल गाउँपालिका–३ बस्ने ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएर मृत्यु भएको हो ।

-*-

धनकुटामा पोखरीमा डुबेर एक महिलाको मृत्यु । चौबिसे–२ निबासी ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको हो ।

-*-

इङ्गल्याण्डको केन्टका १ सय ४ वर्षे महिलाले घरमै बसेर कोरोनाबाट मुक्त । ग्रेस ग्रिनउड नामकी ती महिला विगत तीन सातादेखि ओछ्यानबाट उठ्न नसकेपनि घरमै पूर्णरुपमा ठीक भएकी छन् ।

-*-

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले जित हात । गतराति भएको नर्थ लण्डन डर्बीमा टोटनह्यामले आर्सनललाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो ।